बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको मौसम: देशभर मध्यम वर्षाको सम्भावना

आजको मौसम: देशभर मध्यम वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१४, भाद्र २०८२
  • 649
    SHARES

  • आजको मौसम: देशभर मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

    देशभर साधरणतया बदली रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा,बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    शनिवार, भाद्र १४ २०८२०७:११:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार