काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशन र आधिकारिकता विवादसम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको थियो । यसअघि यो मुद्दा ७ पटक पेसी तोकिएकोमा ६ पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो ।
एनआरएनएमा लामो समयदेखि आधिकारिकता विवाद छ । एनआरएनएमा अहिले बद्री केसी र महेश श्रेष्ठ प्यानल छ । दुवैले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।