काठमाडौँ, दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्तावका कारण विवाद भएपछि दुई महिनादेखि इजलास बस्न सकेको थिएन । बुधबार प्रधानन्यायाधीशले आफैँले न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकेका छन् । यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिने गरिएको थियो । बुधबार संवैधानिक इजलासमा १५ वटा पेशी सुनुवाइका लागि तोकिएको छ ।
पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधानन्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए । बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास छ । हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।