बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक

स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक

मेगा खबर संवाददाता

१०, भाद्र २०८२
  • 520
    SHARES

  • स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक

    काठमाडौँ, एमालेको भदौ १३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

    विधान महाधिवेशनमा लैजाने प्रस्तावहरूमाथि छलफल गर्ने प्रयोजनका लागि भदौ १३ गते केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै अन्तिम अवस्थामा बैठक स्थगित गरिएको हो । 

    एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म बस्नेगरी तय भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले १३ गतेको बैठक स्थगित भएको भन्दै अर्को मिति तय भइनसकेको बताए ।

    मंगलवार, भाद्र १० २०८२०२:४२:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार