बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना

कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१०, भाद्र २०८२
  • 586
    SHARES

  • कमजोर बन्दै मनसुन, छैन भारी वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी,बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एक–दुई स्थानमा मध्यम वर्षा छ ।

    आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।

     

    मंगलवार, भाद्र १० २०८२०७:३६:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार