काठमाडौँ,मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभाग,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली छ । बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी,मधेस, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ । बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।