बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले अर्को गल्ती गर्दैछ : अध्यक्ष प्रचण्ड

सरकारले अर्को गल्ती गर्दैछ : अध्यक्ष प्रचण्ड

मेगा खबर संवाददाता

३, भाद्र २०८२
  • 772
    SHARES

  • सरकारले अर्को गल्ती गर्दैछ : अध्यक्ष प्रचण्ड

    काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष 'प्रचण्ड' ले प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन् ।

    पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसमा सरकारले गल्ती गरिरहेको बताए । उनले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए । उनले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिए ।

    उनले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गरे ।

    मंगलवार, भाद्र ३ २०८२०३:४३:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार