काठमाडौँ, अधिवक्ता यज्ञमणी न्यौपानेले सर्वोच्च प्रशासनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको रिट दरपीठलाई ‘न्यायिक अराजकता’ भन्दै आदेश बदरको माग गर्दै सर्वोच्चमा अर्को रिट निवेदन पेस गरेका छन् ।
सर्वोच्च अदालतले २०७७ सालको संसद् विघटनसम्बन्धी मुद्दाको पूर्णपाठमा तत्कालीन प्रधानन्यायाधीश राणाले हस्ताक्षर नगर्दा पूर्णपाठ आउन नसकेको भन्दै दिएको रिट दरपीठ गरेपछि अधिवक्ता न्यौपानेले सो रिट विरुद्ध अर्को निवेदन दिएका हुन् ।
कुनै पनि रिट हदम्याद वा म्यादभित्रै नभएको,सम्बन्धित अदालतको अधिकार क्षेत्रभित्र नभएको र अदालतले हेर्न नपर्ने वा नहुने कानुन विपरीत भएको अवस्थामा मात्रै दरपीठ हुने भन्दै न्यौपानेले उक्त आदेश बदरको माग गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।