काठमाडौँ, सांसद माधव सापकोटाले तातोपानी नाकास्थित कोदारीको पहिरो (इको पहिरो)को तत्काल र दीर्घकालीन व्यवस्थापन गर्न नसके आसन्न चाडपर्वमा बजारमा अचाक्ली महँगी बढ्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । सांसद सापकोटाले २०७२ सालको भूकम्पपछि धाँजा फाटेर निरन्तर समस्या बनेको उक्त पहिरो वर्षायाममा राष्ट्रिय मुद्दा बन्ने र हिउँदमा सबैले बिर्सने प्रवृत्तिका कारण स्थानीय जनताले १० वर्षदेखि सास्ती भोगिरहेको बताए ।
’वर्षातमा यो एकदम राष्ट्रिय मुद्दा बन्छ,हिउँद लागेपछि पानी रोकिन्छ र गाडी चल्न थालेपछि यो विषय ओइलाएर जान्छ,’उनले भने , ’तर स्थानीयको समस्या ज्यूँका त्यूँ छ । पहिरोका कारण हाल त्यस क्षेत्रका ७५ घर उच्च जोखिममा रहेको,१२ वटा घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति भएको र अर्बौँको लगानीमा बनेका गुम्बा,विद्यालय तथा प्रहरी चौकी जस्ता सार्वजनिक संरचनासमेत खतरामा रहेको जानकारी दिए ।
भूगर्भविद्हरूले उक्त क्षेत्रलाई मानवीय बसोबासका लागि अयोग्य भन्दै ’रातो’ लगाइएको तत्काल मानवीय र भौतिक क्षतिको ठुलो जोखिम रहेको भन्दै ध्यानाकर्षण गराए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।