काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली छ । सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा छ ।
आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।