बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

मेगा खबर संवाददाता

३०, श्रावण २०८२
  • 526
    SHARES

  • विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

    काठमाडौं, विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिएका छन् । 

    कुलपतिको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ,पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए ।  

    उनीहरू चारै जनालाई कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले शपथ खुवाएका हुन् । उपकुलपतिको पदावधि चार वर्ष हुन्छ । कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिए ।

    बिहिवार, श्रावण ३० २०८२०३:०९:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार