काठमाडौं, एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।
शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा नेपालले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा समाप्त भएको हो । खेलको ३६औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई नेपालले सदुपयोग गर्न सकेन । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोस्टको बायाँ पोलमा लागेर मैदानमा फर्किएको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै उत्तर कोरिया,भुटान र साउदी अरेबिया छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।