प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्ड क्षेत्रमा गत साउन २० गते आएको बाढीमा नेपालका १७ जना परेको आशंका व्यक्त गरेका छन् ।
हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढीमा परेका नेपालीहरूको उद्धारका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन् । छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।
उनीहरूको उद्धारको लागि दूतावासमार्फत् तत्काल कूटनीतिक छलफल भएको थियो । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु,उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।