मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

मेगा खबर संवाददाता

२२, श्रावण २०८२
  • 745
    SHARES

  • लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

    १,‘दी हेन्ली पासपोर्ट इन्डेक्स’ २०२५ अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कति औँ स्थानमा परेको छ? 

     ९५ औँ 

    –  १९९ वटा राष्ट्रको सूचीमा नेपाल र लिबिया ९५ औँ स्थानमा परेका । 

    –  कमजोर सूचीमा नेपालसँगै बङ्गलादेश, इरिट्रिया, प्यालेस्टाइन टेरिटोरी, उत्तर कोरिया, सुडान र श्रीलङ्का रहेका । 

    –  शक्तिशाली राहदानीको नम्बर १ मा सिङ्गापुर रहेको । 

    २, वैदेशिक रोजगार विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिप सिकेर वैदेशिक रोजगारमा जाने श्रमिकको हिस्सा कति रहेको छ? 

     ७३ प्रतिशत 

    –  तीन वर्षअघि दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिक ६५ प्रतिशत रहेकोमा गत आव २०८१८२ मा ७३ प्रतिशत रहेको । 

    –  गत आवको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जान आठ लाख ३९ हजार २६६ युवाले श्रम स्विकृति लिएकोमा ७३ प्रतिशत अर्थात् छ लाख ११ हजार ८७० युवा सिप सिकी दक्ष भएर रोजगारीमा गएको देखिएको ।

    –  रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने प्रावधान रहेको । 

    –  वैदेशिक रोजगार ऐनमा पनि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था रहेको छ । 

    ३, विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्यवस्तुको सङ्ख्या कति रहेको छ? 

     ८१४

    –  अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८१४ नेपाली खाद्यवस्तु भारतबाहेक देशमा समेत बिनाअवरोध निर्यात गर्न सकिने भएको । 

    –  विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबिएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आइएसओआइइसी १७०२५ः२०१७ अनुसार ८१४ परीक्षण सूचकाङ्कमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको ।  –  विभागले यसअघि ३८६ परीक्षण सूचकाङ्कमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो सङ्ख्या ८१४ पु¥याउन सफल भएको । 

    ४, फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा कहिले गरेको हो? 

     सन् २०२५ जुलाई 

    –  यसको औपचारिक घोषणा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा गरिने राष्ट्रपति म्याक्रोले जनाएका । 

    –  उनले तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ र गाजामा ठुलो परिमाणमा मानवीय सहायता पु¥याउनुपर्ने धारणा व्यक्त गरेका । 

    – अरब समूहका सबै देश, ‘इस्लामिक कोअपरेसन अर्गनाइजेसन’ र असंलग्न आन्दोलन पक्षधर मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् । 

    –  गत वर्ष आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका । 

    ५, ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन्? 

     कुलमान घिसिङ

    –  नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा प्रवासी नेपालीको संस्था ‘हामी नेपाली ग्लोबल’ ले सो अवार्ड प्रदान गरेको । 

    ६, ‘सावर्णि’ नामक औपन्यासिक कृतिका लेखक डा। श्रीधर खनाल हुन् भने ‘हिउँको गीत’ नामक उपन्यासका लेखक को हुन्?  

     तीर्थ गुरुङ

    ७,  ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इन्नोभेसन’ विधा अन्तर्गत ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित नेपाली बैङ्क कुन हो?

     माछापुच्छ«े बैङ्क 

    ८, नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को–को हुन्?  

     कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 

    ९, नेपालमा पहिलो पटक जेनेटिक ल्याव अर्थात् वंशाणुगत प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको हो? 

     वीर अस्पताल 

    – विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।

    – जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।

    १०, एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो? 

     सन् १९६१ 

    – वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।

    – विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोध साथ सिफारिस गर्ने कार्य यसले गर्छ ।

    – ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।

    – यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।

    ११, यार्चागुम्बाको वैज्ञानिक नाम के हो?  

     कोर्डिसेप्स सिनेन्सिस

    – यार्चागुम्बा लेपिडोप्रेभा वर्गको लाभ्रे किरा सङ्व्रम्मित भई उम्रने च्याउ हो । त्यसैले यसलाई बर्से च्याउ र हिउँदे किराको संज्ञा पनि दिइएको छ । 

    – यार्चागुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फङ्गस भनिन्छ । 

    – यार्चागुम्बा बहुचर्चित, बहुमूल्य र बहुगुणयुक्त जडीबुटी हो । चिनियाँ परम्परागत औषधी पद्धतिमा झन्डै दुई हजार वर्षदेखि नै यसलाई शक्तिबद्र्धक औषधीका रूपमा प्रयोगमा ल्याइएको अनुमान गरिन्छ । 

    – नेपालमा जीवनबुटीको नामबाट चिनिने यार्चागुम्बा तिब्बती भाषाको यारचाकुनभु नामक शब्दबाट अपभ्रंश भई बनेको हो । तिब्बती भाषामा यारचाकुन्भुको शाब्दिक अर्थ केलाउँदा ‘यार’ भनेको वर्षा, ‘चा’ भनेको घाँस, ‘कुन’ भनेको हिउँद र ‘भु’ भनेको किरा हुन्छ । 

    १२,नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन्?

     चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)

    १३, रूपान्तरणकारी (गेमचेन्जर) योजनाको अवधारणा पहिलो पटक कुन आवधिक योजनामा ल्याइएको हो? 

     १५ औँ

    १४, ‘मिसाइल म्यान’ उपनामबाट चिनिने भारतका राष्ट्रपति को हुन्? 

     एपिजे अब्दुल कलाम 

    १५, नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ?

     विसं २०५३

    १६, नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउने लक्ष्य लिइएको छ?

     सन् २०३० सम्म

    १७,यौन प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत सरकारले पाइलटिङ प्रोजेक्टका रूपमा कुन प्रदेशमा नर्स खटाउने कार्य सुरु गरेको हो? 

     बागमती

    १८,  औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ? 

     ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)

    १९,  नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ? 

     ललितपुरको खुमलटार 

    – जिन बैङ्कको स्थापनासँगै लोप हुने खतरामा रहेका विभिन्न जातका बिउ संरक्षण हुने ।

    – बैङ्कमा कृत्रिम वातावरणमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमले बिउ भण्डारणको व्यवस्था मिलाइएको । 

    २०, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सिपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यका साथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो? 

     ब्रेन पुलिङ

    २१, विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो? 

     सन् २०१५

    प्रस्तुतकर्ता : टङ्क केसी गोरखापत्र अनलाइन

    बुधवार, श्रावण २२ २०८२०७:५०:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार