काठमाडौँ, लोक सेवा आयोगले फास्ट ट्रयाकमार्फत प्रोफेसर नियुक्त गर्न लागिएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)सँग जवाफ माग गरेको छ ।
आयोगले त्रिवि सेवा आयोगमार्फत उक्त पदमा गर्न लागिएको नियुक्तको आधार तथा नीतिगत व्यवस्थाबारे जवाफ माग गरेको हो ।आयोगको पत्रका आधारमा सेवा आयोगले पनि त्रिवि कार्यकारी परिषद् जवाफ माग गरेको त्रिवि स्रोतले जनाएको छ । तर,त्यसको जवाफ भने पेस गरिसकेको छैन ।
त्रिविले सेवा आयोग मार्फत १३० जना प्रोफेसरको नियुक्ति फास्ट ट्र्याकमार्फत अगाडि बढाएको छ । त्यसका लागि आयोगले विज्ञापन आह्वान गरिसकेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।