बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

२१, श्रावण २०८२
  • 688
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ,  देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ,नेपालको तराईमा अवस्थित छ ।

    जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा छ । आज राति देशभर अधिकांश बदली रहनेछ । कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा छ ।

    मंगलवार, श्रावण २१ २०८२०६:२२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार