बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

म आत्मालोचना गर्न तयार छु,तर विशेष महाधिवेशन नै आजको विकल्प हो: जनार्दन शर्मा

म आत्मालोचना गर्न तयार छु,तर विशेष महाधिवेशन नै आजको विकल्प हो: जनार्दन शर्मा

मेगा खबर संवाददाता

१९, श्रावण २०८२
  • 1.4K
    SHARES

  • म आत्मालोचना गर्न तयार छु,तर विशेष महाधिवेशन नै आजको विकल्प हो: जनार्दन शर्मा

    काठमाडौं, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।

    पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा राखे । ‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,बैठकमा शर्माले राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो,अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ,हामी सबै तयार नै छौं । उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गरेका छन् । अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,शर्माले भने,पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुल्ला गर्नुपर्छ ।

    बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए । अध्यक्षज्यूले पार्टीको निर्णय विपरीत सरकारको खेलमा समय फाल्नुभयो,शर्माले भने,सुशासनको अभियान २ बुँदेमा लिएर बिसाउनुभयो ।

    उपमहासचिव शर्माले वैचारिक लाइन,राजनीतिक अस्पष्टता,संगठनात्मक अराजकता,विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् ।

    आइतवार, श्रावण १९ २०८२०४:०३:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार