काठमाडौँ, माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।