काठमाडौं, माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ ।
शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा एकजनालाई १० मिनेट बोल्न दिने तयारी छ,माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने,चाहेकाजति सबैलाई बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी छ ।
बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन् । त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने,एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि बैठकमा छलफल हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।