काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको बताएका छन् ।
पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा वर्ग र तप्का न्वारनदेखिको बल लगाइरहेको बताए । हाम्रो इतिहास मेटाउन,हामीले गरेको कर्मले नेपाली इतिहासमा ल्याएको परिवर्तन महत्त्व र औचित्य सिद्ध्याउन निकै ठुलो षडयन्त्रमा छन्’प्रचण्डले भने,मलाई लाग्छ तपाईँहरूले यो पक्षमा पनि ध्यान दिनुभएकै होला ।
माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरूले नदिने गरिरहेको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न संघसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी रहेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।