बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमतीका चार मन्त्रीले दिए राजीनामा (पत्रसहित)

बागमतीका चार मन्त्रीले दिए राजीनामा (पत्रसहित)

मेगा खबर संवाददाता

१०, श्रावण २०८२
  • 901
    SHARES

  • बागमतीका चार मन्त्रीले दिए राजीनामा (पत्रसहित)

    काठमाडाै, बागमती प्रदेश सरकारका चार मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।

    बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी,सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ,युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको स्रोतले जनाएको छ ।

    संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ । पत्रमा भने २१ जनाले मात्र हस्ताक्षर गरेका छन् । यस सम्बन्धमा कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमार्फत जानकारी पठाएका छन् । 

    2de6d72b-6938-4bb0-befe-3414b2691dab

    शुक्रवार, श्रावण १० २०८२०३:०७:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार