बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

१०, श्रावण २०८२
  • 814
    SHARES

  • देशभर मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मात्र भारी वर्षाको सम्भावना

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    देशभर पहाडी भूभागमा साधरणतया बदली रही कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ ।

    बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा छ ।

     

    शुक्रवार, श्रावण १० २०८२०६:२४:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार