बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

मेगा खबर संवाददाता

१, श्रावण २०८२
  • 583
    SHARES

  • यु-२० महिला च्याम्पियनसिप: श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

    काठमाडौं, नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ ।

    बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठ,४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एकएक गोल गरे ।

    जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ । खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३ औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

     

    बुधवार, श्रावण १ २०८२१२:०३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार