काठमाडौँ, माओवादी केन्द्रको स्थायी समिति बैठक साउन १६ गते बस्ने भएको छ ।
असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउनको दोस्रो साताभित्र स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णय अनुसार स्थायी समिति बैठकको मिति तय भएको सचिव देवेन्द्र पौडेलले बताए । बैठकको एजेन्डा जागरण अभियानको समीक्षा,नेताहरूको कार्यविभाजन,केन्द्रीय समिति बैठकको तयारी,समसामयिक राजनीतिक विषय रहेको पौडेलले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।