बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कवि सोम निरौलाको सिसिफस लोकार्पण

कवि सोम निरौलाको सिसिफस लोकार्पण

मेगा खबर संवाददाता

४, कार्तिक २०७७
  • 5.4K
    SHARES

  • कवि सोम निरौलाको सिसिफस लोकार्पण

    मङ्गलबारे । कवि सोम निरौलाको नयाँ कविता सङ्ग्रह बिमोचन गरिएको छ । प्रविधिको प्रयोग गरी उनको नवप्रकाशित कृति सिसिफसको विमोचन गरिएको हो ।

    शिक्षण पेशामा क्रियाशील कवि निरौला पछिल्लो समय नेपाली साहित्यमा क्रियाशील छन् । उनको कविता सङ्ग्रह कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द–चौतारी गरी तीनवटा साहित्यिक संस्थाको सहकार्यमा बिमोचन गरिएको हो ।

    कविता सङ्ग्रहमा ४९ वटा छन्द कविता समेटिएको उनले बताए । सामाजिक सञ्जालको प्रयोग गरी गरिएको बिमोचन कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरुले आफ्ना रचना बाचन गरेका थिए । मनोज भण्डारी, गायिका निरा रानाभाट, कवयित्री भवानी खतिवडा एवं पुष्कल किरणले सिसिफसभित्रका कविता वाचन गरे । त्यस्तै खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, दुष्यन्त भट्टराई, डा खगेन्द्रप्रसाद दाहाललगायत कविले आफ्ना रचना प्रस्तुत गरेका थिए । कवि निरौला इलाम नगरपालिका–५ मा रहेको अमर माविका प्रधानाध्यापक हुन् ।

    सामाजिक सञ्जालमा छन्द चौतारी नामक समूह सञ्चालन गरी नेपाली छन्द कविताको जागरणमा सक्रियता देखाइरहेका कवि सोम निरौलाको यो पहिलो कृति हो । उनले आगामी दिनहरुमा अझै साहित्यिक कृति सार्वजनिक गर्ने बताएका छन् । विशेष गरेर कविता लेख्ने कवि निरौला गजल तथा अन्य बिधामा समेत कलम चलाउछन् ।

    मंगलवार, कार्तिक ४ २०७७१०:४७:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार