बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष प्रचण्ड

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष प्रचण्ड

मेगा खबर संवाददाता

१४, आषाढ २०८२
  • 415
    SHARES

  • पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् ।  

    भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक,सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरे ।

    अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए । अध्यक्ष दाहालले भने,आज भोलि पार्टीमा,आन्दोलनमा धेरै नै किसिमका विचलनहरू सैद्धान्तिक, राजनीतिक पनि, व्यवहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरू देखिन्छन् । हामीले जतिबेला कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ ।

     

    शनिवार, आषाढ १४ २०८२०५:०७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार