बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

मेगा खबर संवाददाता

१४, आषाढ २०८२
  • 613
    SHARES

  • प्रधानमन्त्री ओली आज स्पेन जाँदै

    काठमाडौँ, प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै  । स्पेनमा आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ शनिबार साँझ जान लाग्नुभएको हो । 

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असार १४ गतेदेखि २१ गतेसम्म हुने प्रधानमन्त्री ओलीको उक्त भ्रमण गत असार २ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । स्पेन उड्नु अगाडि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार साँझ ५ बजे पत्रकारसँग कुराकानी गर्नुहुनेछ । 

    सोही अनुसार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको तयारी गरेको हो । स्पेनस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको लागि आन्तरिक तयारी गरेका छन् । 

    शनिवार, आषाढ १४ २०८२०५:२८:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार