बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी केन्द्र सकारात्मक

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी केन्द्र सकारात्मक

मेगा खबर संवाददाता

१०, आषाढ २०८२
  • 565
    SHARES

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी केन्द्र सकारात्मक

    काठमाडौँ, भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सकारात्मक देखिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समिति गठन गरेकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताए । समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने बताए ।

    ‘छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग नै हो । सरकारले भिजिट भिसा प्रकरणमा जुन छानबिन समिति गठन गरेको छ । त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । तर टिओआर लगायत विषयमा थप अध्ययन गरेर थप धारणा बनाउँछौँ । 

    मंगलवार, आषाढ १० २०८२१२:०८:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार