काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
पार्टीको विपद् व्यवस्थापन विभागले शुक्रबार राजधानीमा गरेको ‘नेपालमा विपद्को अवस्था,समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले मौसम विभागले ठुलो विपद् आउन सक्ने अनुमान गरेकाले पूर्व तयारीमा जुट्न सरकारी, गैरसरकारी,राजनीतिक दल,भातृसंगठन लगायत सबैलाई आग्रह गरेका हुन् ।
‘यसवर्ष मौसम पहिलाको भन्दा अझ ठुलो स्केलको हुन्छ भन्ने मौसमविद्को अनुमान छ । त्यसकारण ठुलो खतराको सननिकट हामी छौँ । यसको तयारीका लागि सबै सरकारी गैरसरकारी, राजनीतिक दल,भातृसंगठन तथा सबै सङ्घ संस्थाहरू क्रियाशील हुनुपर्ने छ’,उनले भने, विपद् नआउँदासम्म त्यसको तयारीमा त्यति ध्यान नदिने,आइसकेपछि तयारी नपुगेर ठुलो क्षतिको सामना गर्न बाध्य हुने । यो परिस्थितिको अन्त्यका निम्ति पनि हामीले आवश्यक ऐन,कानुन लगायत अन्य तयारी गर्नुपर्छ । विपद् आउनुभन्दा पहिले सम्पूर्ण तयारीमा जुट्न म आग्रह गर्छु ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।