काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभाग प्रमुखहरूमा मनोनयन र जिम्मेवारी हेरफेर गरेको छ ।
बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले नीति तथा विचार प्रमुखमा डा.स्वर्णिम वाग्ले मनोनयन भएका छन् भने अभियान तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी मनिष झाले पाएका छन् ।
त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको छ । पार्टीको ऊर्जा तथा जलस्रोत विभाग संयोजकको जिम्मेवारी श्रीराम न्यौपानेलाई दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।