काठमाडौँ, संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षको जवाफ कुरिरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले राजीनामा दिनुपर्ने अडानबाट लचिलो बनेको माओवादीले मंगलबार उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ नआएकाले आजको बैठकसमेत अवरोध हुनसक्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।