काठमाडौं, हुलियन आल्भारेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा चिलीविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।
शुक्रबार बिहान चिलीमा भएको खेलमा आल्भारेजले पहिलो हाफमा गोल गरेका थिए । यही गोल अर्जेन्टिनालाई तीन अंक दिलाउन पर्याप्त बन्यो । सुरुआती–११ मा मेसीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले १६औँ मिनेटमा अग्रता बनाएको थियो ।
जितसँगै १५ खेलबाट ३४ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । अर्जेन्टिना आउँदो वर्ष हुने विश्वकपमा दक्षिण अमेरिकाबाट छानिएको हालसम्मको एक मात्र टोली हो । समान १५ खेलबाट १० अंकको चिली तालिकाको पुछारमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।