काठमाडौँ, नेपाल समाजवादी पार्टी (नेसापा) गंगा श्रेष्ठ समूहबाट एकता प्रक्रियामा जोडिएका नेताहरूलाई नेकपा माओवादी केन्द्रले पदीय जिम्मेवारी दिएको छ ।
सोहीअनुसार नेताहरुलाई जिम्मेवारी दिएको जानकारीसहितको सर्कुलर माओवादी केन्द्रले मातहतको कमिटीमा पठाइसकेको छ ।
जिम्मेवारी पाउनेहरु
गंगानारायण श्रेष्ठ – केन्द्रीय सचिव
कल्पना सुवेदी– केन्द्रीय सल्लाहाकार
केन्द्रीय समिति सदस्यहरू
बन्दना सुवेदी (सिन्धुली)
सुरद बहादुर स्याब्तान (सिन्धुली)
अक्कल बहादुर थिब (काभ्रे)
राजेन्द्रकुमार किँराती (संखुवासभा) खुम्बराज खत्री (उदयपुर)
दुर्गादेवी न्यौपानेभट्टराई (गोरखा) ज्ञानेन्द्र कुमाल (गोरखा)
रमेश पोखरेल (गोरखा) शिव सुन्दर शाही (अछाम)
राम कैलास यादव (सर्लाही)
वेद प्रसाद आचार्य (वाँके)
नरेन्द्र नाथ योगी (जुम्ला) सोविन थिब (मकवानपुर)
महेन्द्र बहादुर शाही (बाजुरा)
बैकल्पिक केन्द्रीय सदस्यहरु
होम कुमारी दोब (काभ्रे)
नहेन्द्र प्रधान (दोलखा)
यस्तै एकता प्रक्रियामा जोडिएका नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।