काठमाडौं, नेपाली सांगीतिक बजारमा नयाँ सिर्जनाहरू सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ । यस गीतमा पार्वती बिश्वकर्मा र जन्मत सुबेदीको स्वर रहेको छ । शब्द संगीता र गीतको एरेन्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन् ।
गीतको भिडियो प्रकाश बराईली “अभिव्यक्ति” को निर्देशन,छायांकन र सम्पादनमा तयार भएको हो । भिडियोमा रंग संयोजन राजेश कुमार र कस्टुम डिजाइन महेश शिवभक्तिले गरेका छन् । भिडियोमा मञ्जिता केसी,सुजन सुर्खेती र संगीता अधिकारीको अभिनय देख्न सकिन्छ। गीतलाई प्रकाश बराईली “अभिव्यक्ति” को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।