काठमाडौँ, सोमबार राजावादी समूहले कुनै प्रदर्शन नगर्ने भएको छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस,धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिएको उल्लेख छ ।
विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने समितिको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।