काठमाडौं, कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका हुन् । उनले भने,हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।
कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नहुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताए । प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।