बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादी केन्द्रको अभियान टोलीद्वारा रुकुममा जनयुद्ध पीडितसँग अन्तरक्रिया

माओवादी केन्द्रको अभियान टोलीद्वारा रुकुममा जनयुद्ध पीडितसँग अन्तरक्रिया

  • 676
    SHARES

  • माओवादी केन्द्रको अभियान टोलीद्वारा रुकुममा जनयुद्ध पीडितसँग अन्तरक्रिया

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रुकुमको चौरजहारीमा जनयुद्धका घाइते,अपाङ्ग,सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ ।

    चौरजहारी नगर समितिको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन् ।

    घाइते अपाङ्गको उपचार,बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता,सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनु पर्ने माग गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्ने,संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए । 

    मंगलवार, जेठ ७ २०८२०१:५१:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार