काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको आन्दोलन एक दिनको भुल्को नभएको बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशनलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले आन्दोलनबाट खारिएर र माझिएर आएको भन्दै अराजकता एमालेका लागि सधैँ शत्रु हुने बताए । उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर एमाले र सरकारले काम गरिरहेको बताए ।
‘सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरेर देशको भलो नचिताउने,शान्ति सुरक्षा नचाहने र विकासको गतिलाई तीव्र अघि बढाउन नचाहने अराजकतावादी र प्रतिगामी तत्त्वहरू हामी विरुद्ध आउने कोशिस गरिरहेका छन्’,ओलीले भने,हामी त्यसलाई बुझेर जुध्नुपर्दछ । हाम्रो जुधाई कम भएको छ । राम्रो काम गरे पनि विपक्षीहरूका अभियोगविरुद्ध पर्याप्त जुधाई छैन,जसका कारण जनतामा भ्रम अन्योल र शिथिलता बढ्ने खतरा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।