बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रतिनिधिसभा जलश्रोत विधेयक पारित

प्रतिनिधिसभा जलश्रोत विधेयक पारित

  • 451
    SHARES

  • काठमाडौँ, प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक,२०८१’ पारित भएको छ । 

    सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक,२०८१ माथि छलफल भएको थियो ।

    छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदुपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । 

    सोमवार, जेठ ६ २०८२०४:३१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार