काठमाडौँ, वर्तमान व्यवस्था विरोधी समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजधानी केन्द्रित आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउन भएको छ ।
समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आज बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल,संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरेको हो ।
यस्तै काठमाडौँका जनता र सबै वर्ग,पेसा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने निर्णय भएको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।