बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कर्णाली विवादः ओली र नेताहरुबिच बालुवाटारमा छलफल, आएनन् प्रचण्ड 

कर्णाली विवादः ओली र नेताहरुबिच बालुवाटारमा छलफल, आएनन् प्रचण्ड 

मेगा खबर संवाददाता

१, कार्तिक २०७७
  • 2.9K
    SHARES

  • कर्णाली विवादः ओली र नेताहरुबिच बालुवाटारमा छलफल, आएनन् प्रचण्ड 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली विवादबारे नेताहरुसँग बालुवाटारमा छलफल गर्दै छन् ।

    छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्षका नेताहरु छन् । 

    मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेशमा विवाद चुलिएको थियो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उनीहरुलाई बिहीवार छलफलको लागि बोलाएका थिए । प्रचण्डले दुबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेपनि विवाद जारीनै छ । 

    ओलीले प्रचण्डलाई आज छलफलका लागि बोलाएपनि प्रचण्ड अनुपस्थित छन् । उनले  ओलीले पहिले नेताहरुसँग छलफल गरेपछि मात्रै संयुक्त छलफल गर्ने जानकारी दिएका छन् ।

     

    शनिवार, कार्तिक १ २०७७१२:५५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार