काठमाडौं, हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ । कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो ।
कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए । नेपालका नन्दन यादव,सोमपाल कामीले २÷२ विकेट लिए । त्यस्तै करण केसी र कुशल भुर्तेलले १ र १ विकेट लिए ।
कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो । यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।