सुरेश तिमल्सिना,
काठमाडौँ, बर्खाको बेला उर्लेर आएको खहरे खोलाले आमाबुवालाई बगाएपछि केशरी र उसको बहिनी सुस्मा टुहुरा हुन्छन । यहीँ घटनालाई आधार बनाएर गत कार्तिक २ गतेबाट हरेक शुक्रबार बेलुकी केशरी अफिसियल युटुव च्यानल मार्फत प्रशारणमा आईरहेको सामाजिक कथा झल्कने सिरियल "जीवनको रङ्ग केशरी" ले यतिबेला दर्शकको मन जितिरहेको छ ।
सिरियलको लेखन सुवास सुबेदिले गर्दै आईरहेका छन भने वसन्तको भुमिका समेत उनी आफैंले गर्दै आईरहेका छन् । हाल युटुबमा मात्रै आईरहेको सिरियल छिट्टै नै टेलिभिजनमा समेत प्रशारण हुने सिरियलका निर्देशक तथा निर्माता सरोज घिमिरे बताउछन । घिमिरे भन्छन् "हामिले हाम्रै समाज भित्रैको कथा भन्ने हो, केशरी हाम्रै समाजको कथा हो । जुन हिसाबको कथा छ त्यो हामी सबैको जीवनसँग मिल्न गएको प्रतिक्रिया दर्शहरुबाट पाईरहेका छौँ । सोही कारणले हामिलाई अझै अगाडि बढ्न प्रेरणा मिलिरहेको छ ।"
सिरियलमा केशरीको भुमिका आयुस्मा कार्किले गरेकी छिन भने कलाकारहरु देशभत्त खनाल, रमा थपलिया, सविन बास्तोला, सिरु विष्ट, सुवास सुवेदी,अमृता श्रेष्ठ ,रमेश बुढाथोकी, सुप्रभा अधिकारी, मौसम कार्की,नारायण क्षेत्री लगायतले अभिनय गर्दै आईरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।