काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार प्रा. डा. राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।
अध्यक्ष दाहालले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । श्रेष्ठ तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए । उनि राष्ट्रियसभाका पूर्व सदस्य श्रेष्ठ प्राज्ञिक व्यक्तित्वका रुपमा समेत परिचित थिए ।
श्रेष्ठको ८२ वर्षको उमेरमा आज काठमाडौं भीमसेनगोलास्थित निवासमा निधन भएको हो । उनि त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष थिए । उनी विसं २०५४ मा तत्कालीन नेकपा (एमाले)को तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।