बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यो वर्षको चाडपर्वमा चियापान तथा औपचारिक कार्यक्रम नगर्ने नेकपा सिन्धुपाल्चोकको निर्णय

यो वर्षको चाडपर्वमा चियापान तथा औपचारिक कार्यक्रम नगर्ने नेकपा सिन्धुपाल्चोकको निर्णय

मेगा खबर संवाददाता

३०, आश्विन २०७७
  • 2.6K
    SHARES

  • यो वर्षको चाडपर्वमा चियापान तथा औपचारिक कार्यक्रम नगर्ने नेकपा सिन्धुपाल्चोकको निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले यो वर्षको दशैं लगायतका विभिन्न पर्वहरुमा चियापान, खेलकुद, सांस्कृतिक तथा सबै प्रकारका औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीका जिल्ला अध्यक्ष झम्क नेपाल र सचिव दावा तामाङले एक विज्ञप्ति जारी गर्दै अघिल्ला वर्षहरुमा गर्दै आएका विभिन्न प्रकारका औपचारिक कार्यक्रम नगर्न अनुरोध गरेका छन् । 

    विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सिंगो पार्टीपंक्ति, जनसंगनहरु लगायत सम्पूर्णलाई उत्साहका साथ स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाउँदै संक्रमण रोक्न समेत अपिल गरिएको छ । 

    जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रुपमा बढिरहेको छ । कोभिडको कारणले मानव गुमाउने पहिलो जिल्ला रहेको सिन्धुपाल्चोकमा हाल यसको संक्रमण समुदायस्तरमै फैलिसकेको छ । जसले गर्दा कोभिड साझा समस्या तथा चुनौतीको रुपमा देखिएकोले यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि कुनै निश्चित मात्र भन्दा पनि सबैको साझा प्रयत्नको आवश्यक्त बढेर गएको छ । यसमा आफ्नो र समाजको सुरक्षाको लागि प्रत्येक व्यक्ति थप जिम्मेवार हुन जरुरी छ ।’

    यसअघि कोरोना महामारीमा खसटएका प्रत्यक्ष वा अप्रत्यक्ष निकायलाई धन्यवाद दिँदै नेकपा सिन्धुपाल्चोकले भनेको छ,‘सुरुवाती दिनदेखि हालसम्म प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा खटिने सम्पूर्ण निकाय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सबै तहका जनप्रतिनिधि एवम् राजनीतिकर्मीहरुm उद्योग व्यवसायी, नागरिक समाज, संचारकर्मी लगायत सम्पूर्णमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक हार्दीक धन्यवाद व्यक्ति गर्दछ ।’

    पार्टीले जारी गरेको विज्ञप्तिलाई आधार मानि सोही अनुसार गर्न गराउन अनुरोध गरिएको छ । साथै, विजया दशमी। नेपाल सम्वत् र ल्होछार लगायतका सम्पूर्ण चाडपर्वहरुको सन्दर्भमा सबै जनामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वास्थ्य महामारी र प्राकृतिक विपद्शरुको सामानाका निम्ति सबैमा पार्टीले कामना गरेको छ ।

    विज्ञप्ति:

    nekapa.JPG

    शुक्रवार, आश्विन ३० २०७७११:०६:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार