बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

परम्परा धान्ने नाममा जिउँदै गाईमाथि क्रूर व्यवहार

परम्परा धान्ने नाममा जिउँदै गाईमाथि क्रूर व्यवहार

मेगा खबर संवाददाता

२, चैत्र २०८१
  • 1.6K
    SHARES

  • परम्परा धान्ने नाममा जिउँदै गाईमाथि क्रूर व्यवहार

    काठमाडौँ, चैत ३ गते, सामाजिक सञ्जालमा एउटा गाईलाई ढुंगाले हान्दै खोलामा हेलेको भिडिओ भाइरल छ ।

    काप्री गाउँका करिब ६५ वर्षीय साउने सार्कीको गत फागुन २८ गते मृत्यु भएको थियो । उनी केही समयदेखि बिरामी थिए । शव अन्त्येष्टिका लागि भोलिपल्ट गाउँ नजिकैको कर्णाली नदी किनारको घाटमा लगियो । अन्त्येष्टि सकियो,यही बीचमा मलामी गएकै केही युवाहरू साथमा लगेको गाईलाई नदीमा हेल्न खोज्छन् । गहिरो नदीमा हेलिन गाई डराउँछ । तर मलामीमध्ये एक जनाले गाईलाई नदीमा हेल्न धकेल्छन् । गाई नदीमा पस्न मान्दैन । त्यसपछि गाईमाथि ढुङ्गैढुंगा बर्साइन्छ । यो भिडिओ बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ को हो ।

    गाईलाई कर्णाली नदी तार्ने उद्देश्य ती युवाहरूमा थियो । गलत परम्पराका कारण उनीहरूले गाईलाई ढुंगाले हानेर नदी कटाउन खोजेका छन् । मानिसको मृत्युपछि गाईलाई नदी पार गराए मृत आत्मालाई मोक्ष मिल्छ भन्ने सोच छ । त्यसैका लागि अबोध गाईमाथि जोर जवरजस्त कुटपिट गरी नदीमा पठाउने प्रयास भएको थियो,स्थानीय धनबहादुर बिसीले बताउँछन् ।

     

    आइतवार, चैत्र २ २०८१०६:०८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार