बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मन्त्रिपरिषद बैठक : एक दर्जन सचिवहरुको अर्थपूर्ण सरुवा

मन्त्रिपरिषद बैठक : एक दर्जन सचिवहरुको अर्थपूर्ण सरुवा

मेगा खबर संवाददाता

२९, आश्विन २०७७
  • 2.9K
    SHARES

  • मन्त्रिपरिषद बैठक : एक दर्जन सचिवहरुको अर्थपूर्ण सरुवा

    काठमाडौं । बुधबार थपिएका ३ जना मन्त्रीसहित बिहीबार साँझ नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।

    मन्त्रीपरिषद स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । 

    प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् ।

    खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । एकनारायण अर्याल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, देवेन्द्र कार्की जल तथा ऊर्जा आयोग, रमेशप्रसाद सिंह शहरी विकास, केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालय, खगराज बराल प्रधानमन्त्री कार्यालय, रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमनको कार्यालय र सूर्य प्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलमा नयाँ मन्त्री बनाएर केहीको जिम्मेवारी हेरफेर गरेलगत्तै सचिव सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

     

    बिहिवार, आश्विन २९ २०७७०९:२६:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार