काठमाडौं, लोकगायक खेम सेन्चुरी र मेलिना राईको स्वर रहेको लोक दोहोरी गीत नौतुनाको रेल युट्युवमा सार्वजनिक भएको छ । मोडल तथा कलाकार नरेश एमसीले आफ्नो युट्युब च्यानल नरेश एमसी मार्फत गीतको भिडियो फागुन २ गते सार्वजनिक गरेका हुन् । गीतमा नरेश र जुना बिश्वकर्माले अभिनय गरेका छन् ।
गीतमा नरेश भारतीय सेनामा कार्यरत सैनिक अधिकृतको भूमिकामा छन् भने जुनाले गाउँले युवतीको भूमिकामा अभिनय गरेकी छन् । लाहुरे र उनकी प्रेमिका बीचको प्रेम दर्शाउन गीत तयार गरिएको नरेशले बताए । ऋषि खड्काले लेखेको गीतलाई केशव बडुले संगीत संयोजन गरेका छन् भने भिडियो अजय रेग्मीले खिचेका हुन् । गीतको भिडियो निर्देशन तथा नृत्य निर्देशन मौसम हिमालीको रहेको छ ।
नरेश एमसी सशस्त्र प्रहरीका कर्मचारी हुन् । पेशागत कर्मसंगै कलाकारितालाई समेत निरन्तरता दिँदै गएका नरेशले दशैं तिहारको अवसरमा फौजी जीवनलाई प्रतिनिधित्व गर्ने भिडियोहरू सार्वजनिक गर्दै आइरहेका छन् । मेरो माया राष्ट्र सेवक, लाहुरेको चिनो, फौजीको बर्दीमा जस्ता गीतहरू बजारमा ल्याएका नरेशको लाहुरे म त सोल्टिनी गीत चर्चित छ । युटुबमा एक करोड आठ लाख भन्दा बढीले हेरेको भिडियो एक वर्ष अगाडि सार्वजनिक भएको थियो । नौतुनाको रेल भने कति सफल हुन्छ,आउँदा दिनहरुमा देखिने नै छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।