काठमाडौं । बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठनमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रचण्डले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णय विपरीत भएको बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तार लगत्तै निकटस्थहरुसँग कुराकानी गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णयको स्पिरिट विपरीत भएको बताएका हुन् ।
‘मन्त्रिपरिषद् विस्तार पार्टी सचिवालय र स्थायी कमिटि बैठकको निर्णय विपरीत छ, त्यो स्पिरिटको विरुद्धमा छ । पार्टीको जुन स्पिरिट हो, त्योअनुसार मन्त्रिपरिषद् विस्तार भएन ।’ उनले निकटस्थहरुसँग भनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।