बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यू–१९ महिला टी–२० विश्वकप : नेपालले स्कटल्याण्डको सामना गर्दै

यू–१९ महिला टी–२० विश्वकप : नेपालले स्कटल्याण्डको सामना गर्दै

  • 613
    SHARES

  • यू–१९ महिला टी–२० विश्वकप : नेपालले स्कटल्याण्डको सामना गर्दै

    काठमाडौं, आईसीसी यू-१९ टी (२०) महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ ।

    नेपाली समय अनुसार यो खेल सोमबार मध्याह्न सवा १२ बजे मलेसियामा सुरु हुनेछ । विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो ।

    नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३।२ ओभरमै पुरा गर्‍यो । आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन् । 

     

    सोमवार, माघ ७ २०८१११:३४:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार